एजेन्सी – श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ ।


ADVERTISEMENT


श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो । प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भनेका छन्–१५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीलाई गोली चलाउनु परेको थियो ।


ADVERTISEMENT

# # #


यो घटनापछि रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच श्रीलंकाका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाको अमेरिकाले निन्दा गरेको छ ।