काठमाडौं – दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार उनले मंगलबार छोरालाई जन्म दिएकी हुन् ।


ADVERTISEMENT


केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन् । उनले गर्भावस्थाको फोटो सुट समेत गरेकी थिइन् । तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरेकी छैनन् ।


ADVERTISEMENT

# # #


सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन् । दक्षिण भारतकी चर्चित अभिनेत्री काजलले ‘सिङ्घम’ मार्फत् बलिउडमा पनि डेब्यू गरेकी थिइन्।