खोटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा  ३९ लाख ५२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय  उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।


ADVERTISEMENT


विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । साउनमा  दुई लाख ६३ हजार रुपैयाँ , भदौमा चार लाख ४४ हजार रुपैयाँ , असोजमा  चार लाख सात हजार रुपैयाँ , कात्तिकमा  ६ लाख ५३ हजार रुपैयाँ , मङ्सिरमा  सात लाख दश हजार रुपैयाँ , पुसमा तीन लाख ७८ हजार रुपैयाँ , माघमा  तीन लाख ७९ हजार रुपैयाँ , फागुनमा  तीन लाख ६३ हजार रुपैयाँ र चैतमा  तीन लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए । रासस