काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ । बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन एमालेलाई आग्र गरेको बताए । एमालेले परिवार दलबीच भएको छलफल पछि तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई बुधबार महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ । एमालेले गत चैत ३० ती दलसँग चुनाबी तालमेल गरेको थियो । यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ । उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन । एमाले महासचिब शंकर पोखरेलले परिवार दलको स्थानीय निकायमा सम्मानजनक उपस्थीति रहनेमा ढुक्क हुन आग्रह गरे ।


ADVERTISEMENT

# # #


पार्टीको प्रभाव र अवस्था हेरेर आ–आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको भेटपछि परिवार दलका सह।महामन्त्री मनोज कुमार सुर्खेतिले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा परिवार दलको संगठन बलियो रहेको बताईन्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल भए पनि कुन स्थानीय तहमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुङो लाग्न सकेको छैन ।

जिल्ला तहको भेटमा दुई पार्टी बीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरु सहमत भएका छन् । भेटमा एमाले महासचिव शंकर पोखरेलपरिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री मनोज कुमार सुर्खेती केन्द्रीय सदस्य लक्ष्मी प्रसाद भण्डारी लगायतको नेताको उपस्थती रहेको थियो ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्ता भएको थियो भने बमङलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल सहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्तापछि एमाले र परिवार दलबीच तालमेल गर्ने सहमति जुटेको हो ।