काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले गठबन्धनका कारण नेपाली काँग्रेस भिरतिर जान थालेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले काँग्रेसले अलच्छिन बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अलच्छिनजति काँग्रेसले बोकेर हिँडेको छ । कोही हाप्सिलाजस्ता छन् । हाप्सिलो कतै जान लागेका बेला अगाडि हाफ्हाफ् गरेर कराउँछ, त्यसरी करायो भने अलच्छिन हुन्छ भनिन्छ । हाप्सिलैहाप्सिला काँधमा बोकेर काँग्रेस हिंडेको छ । यो भन्दा अलच्छिन के हुन्छ ?’

उनले माओवादी र एकीकृत समाजवादीका कारण नेपाली काँग्रेसका ग्रहदशा, नक्षेत्र पनि बिग्रिन थालेको बताए । ओलीले भने, ‘कहिलेकहिले तपाईंको भैँसी लड्न खोज्यो भने तपाईं समाउनुहोस् भैँसीलाई । तर, आफूसमेत भीरमा जाने गरी नसमाउनु होला । यो काँग्रेसको बुद्धि हो । अहिले यसले चारपाँचवटा भैँसी समातेको छ । काँग्रेस आफू पनि भैँसीसँगै भेडासँगै भिरतिर जाँदैछ ।’