काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय एवं निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द (विप्लव)लाई वार्तामा आउन आह्वान गरेका छन्।


ADVERTISEMENT


बुधवार घोराहीमा आयोजित पत्रकार भेटघाटमा उनले हिंसाले हिंसा मात्रै जन्माउने हुँदा वार्तामार्फत केही समस्या भए समाधान गर्न सकिने बताएका हुन् । ‘विप्लवजी यसअघिको तपाँईहरूको दश वर्षे माओवादी द्वन्द्व वार्ता र छलफलबाट व्यवस्थापन भएको हो र अबपनि त्यसको विकल्प छैन। त्यसैले कुनै समस्या भए, आउनुहोस् वार्ताबाट समाधान गरौं।’


ADVERTISEMENT

# # #


उनले भने,‘हामी तपाईंका मागहरूमा छलफल गर्न तयार छौं । आउनुहोस्, वार्ताबाटै समस्या समाधान गरौं।’

तुलसीपुरमा मंगलबार भएको बम विस्फोटबाट एक म्यादी प्रहरीको मृत्यु र आठ घाइते भएको घटनाप्रति भर्त्सना गर्दै उनले यस्ता घटना तत्काल रोक्न पनि आग्रह गरेका थिए। मृतकलाई शहीद घोषणा र घाइतेको निशुल्क उपचार व्यवस्था मिलाउन पनि उनले सरकासँग माग गरेका छन्।