मकवानपुर – मकवानपुरमा सत्तारुढ गठबन्धन दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुङ्गो लगाएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार हेटौँडामा बसेको प्रदेशस्तरीय गठबन्धन बैठकले उम्मेदवारीको भागबण्डा टुङ्गो लगाएको हो । मकवानपुरमा पाँच स्थानीय तहमा कांग्रेस, तीनमा नेकपा (माओवादी केन्द्र) र दुईमा नेकपा (एकीकृत समावजादी)लाई प्रमुख पद बाँडफाँट गरिएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरि, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख÷अध्यक्ष तथा माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका प्रमुख÷अध्यक्ष तथा एकीकृत समाजवादीलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख र इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।

उपप्रमुख÷उपाध्यक्षमा कांग्रेसलाई हेटौँडा, थाहा, भीमफेदी, इन्द्रसरोवर र बागमती तथा माओवादी केन्द्रलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैयामा उपप्रमुख÷उपाध्यक्ष पद दिने सहमति भएको छ ।