काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नकुल थापाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT


गठबन्धनबीच तालमेलका लागि भागबण्डा गर्दा महालक्ष्मी नगरपालिका एकीकृत समाजवादीको भागमा परेको थियो । सोही अनुसार सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उम्मेदवारी दर्तापछि थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘गठबन्धनको समर्थन मलाई छ । यस कारण नगर प्रमुखमा मेरो जित सुनिश्चित छ ।’ एकीकृत समाजवादी पार्टीको महालक्ष्मी नगरप्रमुख समेत रहेका थापा यसअघि महालक्ष्मी नगरपालिका वडा नं. ७ को वडाअध्यक्ष थिए ।

वडाध्यक्षका रुपमा रहँदा राम्रा काम गरेर थापाले नगरवासीको मन जितेका थिए ।