काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमत पाँच दलीय गठबन्धनभन्दा बलियो भएकाले एकजुट हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार पाँच दलीय गठबन्धनद्वारा काठमाडौँको शान्तिबाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनमा इमान्दारितापूवर्क सहयोग गरेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका हुन् र । गठबन्धन पूर्ण सफल भइनसकेको बताउँदै उनले बीचमा धोका दिन नहुने बताए ।


ADVERTISEMENT

# # #


‘गठबन्धन भन्दा पनि बलियो छ प्रतिगमन, यो कुरा बुझिराख्नुहोस् । नेपालमा प्रतिगमन एक्लै छैन । ऊ अहिले पनि शक्तिशाली छ ।’ उनले भने, ‘संसद अहिले पनि चल्न दिएका छैनन् । उतातिर न्यायपालिका त्यो स्थितिमा छ । त्यसकारण गठबन्धनका उम्मेदवारलाई भोट दिएर प्रतिगमनलाई पराजित गरौँ ।’

उनले देशभर राष्ट्रिय जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताउँदै अध्यक्ष केसीले जनमोर्चाका उम्मेदवारलाई पनि गठबन्धनका अन्य दलले सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘गठबन्धन भनेको भिन्न भएर पनि मिलेको कुरामा सहकार्य गर्ने हो । हामीले अन्य महानगर, उपमहानगरमा मागेका छैनौँ । हाम्रो शक्ति पनि हुनुपर्यो । तर, केही ठाउँमा उठाएका छौँ, त्यहाँ तपाईंहरुले मदत गर्नुपर्छ । अन्य ठाउँमा गठबन्धनका उम्मेदवार जहाँछन्, राष्ट्रिय जनमोर्चाले इमान्दारीपूर्वक सहयोग गर्छ ।’