काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुराएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदीय मूल्य र मान्यतालाई कुल्चिदै कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुराएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


तत्कालीन अवस्थामा संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै ओलीले संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन जनादेशका लागि जनतामा जाने निष्कर्षमा पुगेको तर्क गरे । तर अदालतको परमादेशले सरकार बदलिएको र सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भएको उनले बताए ।

ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ठूलो संकटको दिन भएको भन्दै असार १७ पछि भने गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको टिप्पणी गरे । ‘ज्योतिषीको भनाई चाहीँ गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो यही वैशाख २० गने नै हो ।’ उनले भने, ‘यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर राख्नु भएछ, वैशाख ३० गते । उहाँहरुलाई त हुनसम्मै हुन्छ, ढाडै भाँच्चिने गरी ।’

उनले विकासका लागि राष्ट्रिय संकल्पको कार्यान्वयन गर्न भिजनरी राष्ट्रिय शक्ति आवश्यक भएको भन्दै एमालेमा मात्रै आँट र संकल्प भएको बताए । ओलीले प्रचण्डले माओवादी केन्द्रलाई भोट दिनका लागि चितवनबासीलाई तर्साउने र धम्काउने काम गरेको आरोप लगाए ।

निर्वाचन आयोगले मतपत्रको रंग परिवर्तन कांग्रेसको चाहना अनुसार गरेको उनले बताए । उनले एउटा दलले अर्को दलको प्रचार गर्न नपाईने भएपनि आचारसंहिता विपरित गठबन्धनका शिर्ष नेताहरु प्रचारको कार्यमा सहभागी भएको तर्क पनि गरे ।

पत्रकार सम्मेलनमा ओलीले निर्वाचनका लागि ६७ बुँदै अपिल पढेर सुनाएका थिए । अपिलमा ओलीले यसअघिको एमाले सरकारले गरेको काम र भावी योजनाका साथै वर्तमान सरकार र गठबन्ँधन दलहरुको आलोचना गरेका छन् ।