वीरगञ्ज – स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले वीरगञ्जमहानगरपालिका– १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गरेका छन् ।


ADVERTISEMENT


सो क्रममा पत्रकारहरुसंग संक्षीप्त प्रतिकृया दिदै मुख्यमन्त्री राउतले लोकतन्त्रकै मेरुदण्ड नै मतदान भएकाले यसलाई अवसरको रुपमा लिन सबै प्रदेशबासीलाई आग्रह गरे । निर्वाचन लाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग र साथ जरुरी रहेको मुख्यमन्त्री राउतले बताए ।


ADVERTISEMENT

# # #