विराटनगर — विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले मतदान गरेका छन् । उनले विराटनगर ९ सरस्वती माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।


ADVERTISEMENT


यस्तै कांग्रेस नेता सुजात कोइरालाले विराटनगर–७ स्थित आदर्श माविमा गएर मतदान गरेकी छन् ।


ADVERTISEMENT

# # #


यसैगरी स्वतन्त्र उम्मेदवार रहेका उमेश यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसमा गएर मतदान गरेका छन् ।