काठमाडौं – गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका गाउँपालिका उमेदवार सरोज कुमार थापा ६ हजार १६६ मतसहित निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर भुषालले ५ हजार ६०२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


पालिका उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा ढेगा ६ हजार २७७ मतसहित निवार्चित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सुशिला पुनले ५५०० मत प्राप्त गरिन् ।