काठमाडौँ – निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।


ADVERTISEMENT


आयोगको वैशाख ३१ गतेको निर्णयले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छानबिन टोली गठन भएको हो । उक्त टोली अध्ययनका लागि आज बूढीगङ्गा नगरपालिकातर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #