चितवन – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुबेदीबीच प्रतिष्पर्धा देखिएको छ ।


ADVERTISEMENT


पछिल्लो अपडेट अनुसार ९३७० मतगणना हुदा एमालेका विजय सुबेदी १८ मतले अगाडी रहेका छन् । सुबेदीले ३३२४ मत पाएका छन् भने रेनु दाहालले ३३०६ मत पाएकी छन् । त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ३६८८ पाएर अगाडी रहेका छन् भने एमाले गठबन्धनकी राप्रपाकी हिमला गुरुङले २६५० मत प्राप्त गरेकी छन् । भरतपुरमा अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने दुवै वडामा काँग्रेस विजयी भएको छ ।

हाल वडा नम्बर ३ को गणना भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।