काठमाडौं –  शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । देशका विभिन्न स्थानीय तहको जारी मत गणनामा नेपाली काँग्रेसले धेरै स्थानमा अग्रता लिएको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । धेरै उम्मेदार रहेका कारण धेरै जसो पालिकामा मतगणना सुस्त गतिमा भैरहेको देखिएको छ ।


ADVERTISEMENT


यसैबीचमा केहि स्थानीय तहको मत गणना समाप्त भएर अन्तिम नतिजा समेत आइसकेको छ । अहिलेसम्म प्राप्त अन्तिम नतिजा अनुसार ३७ स्थानीय तहको परिणाम आएको छ । जसमा नेकपा एमालेले १४ स्थानीय तहको प्रमुख जितेको छ भने काँग्रेसले ११ , नेकपा माओवादी केन्द्रले १० र एकीकृत समाजवादीले २ पालिका प्रमुखमा जित हासिल गरेका छन् ।


ADVERTISEMENT

# # #


अन्तिम नतिजा आएका पालिकाहरू

एमाले

 शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ
चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले
मनाङ ङिस्याङ गाउँपालिका – मनाङ, कान्छा घले
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -मुस्ताङ, रिङजीन नामगेल गुरुङ
लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ, लोप्साङ छोम्पेल विष्ट
लोमान्थाङ गाउँपालिका, मुस्ताङ,टसी न्हर्वु गुरुङ
थासाङ गाउँपालिका मुस्ताङ, प्रदिप गौचन
साइपाल गाउँपालिका ,बझाङ, मानबीर बोहरा
थलारा गाउँपालिका, बझाङ, प्रकाश बहादुर रोकाया
बौँदीकाली गाउँपालिका, नवलपरासीपूर्व, प्रकाश ओझा
खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु, मिङमा छिरी शेर्पा
मालिका गाउँपालिका, म्याग्दी, बेग प्रसाद गर्बुजा
महाकाली नगरपालिका, दार्चुला, नरसिंह चौसिर
हरिनास गाउँपालिका, स्याङ्जा, खिमनारायण मानन्धर

नेपाली काँग्रेस

घरपझोङ गाउँपालिका मुस्ताङ मोहनसिंह लालचन
नार्पाभूमि गाउँपालिका मनाङ कोन्जो तेन्जिङ लामा

नासों गाउँपालिका मनाङ धनबहादुर गुरुङ
गन्यापधुरा गाउँपालिका डडेल्धुरा इन्द्रबहादुर कार्की
रेसुंगा नगरपालिका डडेल्धुरा खिलध्वज पन्थी
गुल्मीदरबार गाउँपालिका गुल्मी सरोजकुमार थापा
बडीकेदार गाउँपालिका डोटी भैरवबहादुर साउद
खार्पुनाथ गाउँपालिका हुम्ला कर्ण बहादुर रावल
तमानखोला गाउँपालिका बाग्लुङ जोकलाल बुढा
स्वामीकार्तिक खापर गाउँपालिका बाजुरा भरत बहादुर रोकाय
लिखु पिके गाउँपालिका सोलुखुम्बु मिना कार्की

माओवादी केन्द्र

 जगदुल्ला गाउँपालिका डोल्पा नारा सिंह रोकाया
नौमुले गाउँपालिका दैलेखा छविराम सुवेदी
ताराखोला गाउँपालिका बाग्लुङधनबहादुर विक
अपिहिमाल गाउँपालिका दार्चुला भगतसिंह ठेकरे
जन्तेढुंगा गाउँपालिका खोटाङ अरुणादेवी राई
थवाङ गाउँपालिका रोल्पा ऋषि केशव बुढामगर
लिम्चुङबुङ गाउँपालिका उदयपुर – मेजर कुमार राई
ताँजकोट गाउँपालिका हुम्ला लालकेश जैसी
थुलुङ दूधकोशी सोलुखुम्बु अशिम राई
अजिरकोट गाउँपालिका गोरखा दीपक देवकोटा

एकीकृत समाजवादी

काइके गाउँपालिका डोल्पा  अंगद कुमार राना
छार्का ताईसोइ गाउँपालिका डोल्पा सेनाङ गुरुङ