कपिलवस्तु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताएका छन्


ADVERTISEMENT


मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन उनले मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको बताए । वाम सरकार आए मुलुकमा अधिनायकवाद आउँछ भन्नु काँग्रेसको पराजित मानसिकताको उपज भएको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गरे । काँग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै उनले स–साना पार्टीलाई एकीकरण गरी अब मुलुकमा दुई वटा पार्टी मात्रै निर्माण गरिनुपर्ने बताए ।