भीमदत्तनगर– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गरेका छन् ।


ADVERTISEMENT


बेलौरी, भलारी र भीमदत्तनगरमा आज आयोजित चेनावी सभालाई सम्बोधन गर्दै उनले आफू एक पटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जल विद्युत परियोजनाको निर्माण गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।,


ADVERTISEMENT

# # #


‘पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो’ उनले भने, ‘यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलूक्कै धनी प्रदेश बन्छ ।’

महाकाली अञ्चल अस्पतालको स्तरोन्नती र मझगाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट व्यक्त थरे । सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिवद्ध भएर लागेको र आगामी दिनमा पनि ठूला योजना ल्याएर विकास गर्ने उनले बताए ।

सभामा काँग्रेसका केन्द्रिय सदस्य दीलेन्द्र प्रसाद बडू, एनपी साउँद र रमेश लेखक लगायतले मन्तव्य दिएका थिए ।