– डा. आरजु देउवा, नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ उमेद्वार


ADVERTISEMENT


हामी ऐतिहाँसिक अभिभारा पुरा गर्दैछौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको जगमा देशलाई विकास र समृद्धिको युगबाट अघि बढाउने महत्वपूर्ण चरणमा छौं, जहाँ लोकतान्त्रिक व्यवस्थाको सुदृढ रुप पाउन सकिन्छ ।


ADVERTISEMENT

# # #


हरेक राजनीतिक परिवर्तनहरुमा नेपाली कांग्रेस र लोकतान्त्रिक शक्तिको निर्णायक भूमिकाबाट आज हामी देशको सबल भबिष्य कोर्ने अभ्यासमा जुट्न सकिरहेका छौं । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको यात्रापछि आर्थिक समृद्धिको यात्रामा देश अघि बढिरहेको छ ।

बन्दुकको भरमा नेतृत्व गर्न सकिन्छ भन्ने शक्तिलाई शान्ति नायक गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा १२ बुँदे सम्झौता मार्फत शान्ति प्रक्रियामा ल्याएर हिँसाको राजनीतिलाई समेत लोकतान्त्रिक बाटोमा ल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण गर्ने काम भयो ।

 

नेता सुशिल कोईरालाको नेतृत्वमा ऐतिहाँसिक संविधानसभाद्धारा संविधान जारी गरी भयो । कम्युनिष्ट सरकारहरुले गर्न नसकेको संविधान निर्माणलाई कांग्रेस नेतृत्वको सरकारले सफल बनाएको उदाहरण सबै सामु छ । यस्बाट देशलाई निकास दिने काम भएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जनताको उत्साहजनक सहभागिता सहित शान्तिपूर्ण तवरले सफलता पूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न भयो । कम्युनिष्ट अतिबादकै कारण दुई दशक देखि गर्न असम्भव बनिरहेको स्थानीय तहको निर्वाचन सम्भव बनेको छ । अब गाउँ गाउँमा सिँहदरबार पुगेको छ । जनताकै घरदैलोमा अधिकार र विकास विकेन्द्रीकरण भएको छ ।

बर्तमान सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने लगाम लिएसंगै राजनीतिक स्थायित्व सहित विकास र समृद्धिको दृष्य छचल्किन थालिसकेको छ । योसंगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अन्तिम चरणमा यो सरकारकोे भूमिका कोशेढुँगा सावित भईरहेको छ ।

उमेद्वारलाई भोट हालेर प्रतिनिधि छान्ने रुप मात्रै लिएर आएको छैन यो चुनाव । कांग्रेस पार्टीले ००७ साल देखि गर्दै आएको आन्दोलनको मर्म, गणेशमानजी, किशुनजीले नेतृत्व गरेको ०४६ को आन्दोलनको योगदान, ०६२,६३ को काँग्रेस नेतृत्वकै उपलब्धीसंगै लोकतन्त्रलाई संस्थागत गर्ने की देशमा साम्यबादी खतरालाई निम्त्याउने ? यो यक्ष प्रश्न पनि हो निर्वाचन, फैसला जनताकै ईजलासमा छ ।

भेनेजुएला, कम्बोडियाको उदाहरण बिश्व सामु छ । नेपाली जनताले फेरी लामो समय सम्म बन्दुकको छायाँ मुनि उपहरित लोकतन्त्रका निम्ति फेरी लामो समय साम्यबादी व्यवस्था बिरुद्ध आन्दोलन गर्नुपर्ने परिस्थिती सिर्जना हुने खतरा छ ।

समृद्धिको सवालमा हामी धेरै टाढा जानु पर्दैन, दक्षिण कोरिया र उत्तर कोरिया हाम्रा सामु छ । उत्तर कोरियामा नागरिकको बार्षिक प्रतिब्यक्ति आय १८ हजार डलर छ । लोकतान्त्रिक मूलुक दक्षिण कोरियामा ३३ हजार २ सय बार्षिक प्रतिब्यक्ति आय छ ।

हाम्रो देश पनि अब लोकतान्त्रिक पद्धतीको आर्थिक रणनीतिका साथ विकास र समृद्धिको रफ्तारमा अघि बढ्दैछ, जनताले साथ दिनुपर्नेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र समृद्धि अन्र्तगत विकास निर्माणका निम्ती नै कैलाली क्षेत्र नम्बर ५ मा मेरो उमेद्वारी हो । राष्ट्रिय एजेन्डाहरुमा जिम्मेवार बन्दै क्षेत्रको विकास र कामका लागि मेरो अर्जुनदृष्टि छ ।

गौरी फन्टा नाकाको स्तरउन्नती प्राथमिकतामा छ । धनगढी दिपायल द्रूत मार्ग निर्माण गर्दै पूर्वाधार निर्माण, वालमैत्री, युवा तथा बृद्ध बृद्धामैत्री धनगढी बनाउने मेरो अभियान हो । आवासयोग्य धनगढी, अपाङ्गमैत्री सडक तथा साईकल लेनको निर्माण धनगढीका लागि मेरा संकल्पहरु हुन् ।

सेती अञ्चल अस्पताल तथा आधुनिक कृषि, धार्मिक पर्यटन, खेलकुदका क्षेत्रमा कामहरु अख्तियार हुनेछन् । बेरोजगारी समस्याको समाधान गर्दै प्रतिब्यक्ति आयमा बृद्धि गर्ने र शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्ने अठोट लिएको छु ।

राजनीतिक सामाजिक भूमिकाबाट देश र जनताका लागि काम गर्न सकिन्छ । हो, राजनीतिलाई मैले समाज सेवाका रुपमा लिएको छु । सपना बाँडेर गरिवी निवारण हुँदैन । यस्का लागि त देशमा शान्ति हुनुपर्यो, लोकतान्त्रिक ब्यवस्था अस्तित्वमा देखिनुपर्यो । बन्द हड्ताल सँधैका लागि बन्द हुनुपर्यो । पर्यटकहरु भित्राउने वातावरण हुनुपर्यो, औद्योगिक क्षेत्र खोल्नुपर्यो, शिक्षा स्वास्थ्य र सञ्चार सर्बसुलभ तथा जनताको पहुँच सम्म पुग्नुपर्यो ।

जनप्रतिनिधिका रुपमा लोकतन्त्रबादी शक्तिलाई मत दिई बिजयी गराएर गल्ती गरेको महसुस मेरा मतदाता र जनताहरुलाई हुन दिने छैन बरु मत दिने र नदिने सबै जनताको मनमा सदाका लागि बस्ने गरी काम गर्नेछु भन्ने मेरो प्रतिबद्धता छ ।

युवा, उद्योगी व्यवशायी, समाजसेवी, कृषक, मजदुर लगायत आम मतदाता र विकासप्रेमी जनताहरुमा हार्दिक आभार सहित लोकतान्त्रिक पद्धतीबाट समृद्ध राष्ट्र निर्माणको महान अभिभारामा जुट्न सबैमा अपिल गर्न चाहन्छु ।

जय नेपाल ।