इलाम– इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका केदार थापा विजयी भएका हुन् ।


ADVERTISEMENT


उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उनले जित हासिल गरेका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका उम्मेदवार थापाले कुल १३ हजार ११५ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरेका छन् । उनीे १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरेकी थिइन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् । रासस