चितवन– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल एवम् नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीचको मतान्तर दूरी बढ्ने क्रम जारी छ ।


ADVERTISEMENT


हालसम्मको मतगणना अनुसार, दाहाल एक हजार ८५२ मतले सुवेदीभन्दा अघि देखिएकी छनु् । उनले कुल १० हजार ४४९ मत प्राप्त गरेकी छन् भने, सुवेदीले  ८ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले चार हजार ६९६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा पाँच हजार ५०४ मत बढी ल्याएका छन् । अधिकारीले १२ हजार ४९६ मत ल्याएका छन् भने गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।