काठमाण्डौं-केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुस गर्न थालेका छन् । गत साता ७ डिग्री सेल्सियसको हाराहारीमा रहेको राजधानीको न्युनतम तापक्रम शनिबार ५.२ डिग्रीमा झरेको जन तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले बताइन् । यो उपत्यकामा अहिलेसम्मकै सबैभन्दा चिसो हो।


ADVERTISEMENT


आइतबार २० डिग्रीकै हाराहारीमा रहे पनि सोमबारदेखि अधिकतम तापक्रममा समेत गिरावट आउने महाशाखाको अनुमान छ । त्यसपछि अझै चिसो बढ्ने छ ।


ADVERTISEMENT

# # #


भारतको उत्तर पश्चिमी क्षेत्र काश्मिर र आसपासबाट मुलुकमा पश्चिमी भेग हुँदै भित्रने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ । पश्चिमी वायु हिमालयन रेज्नमा ठोकिएर अन्यत्र फैलदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको छ ।-आजको नेपाल समाचार पत्रबाट