काठमाण्डौं-नवलपुरको देवचुली नगरपालिकामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना ६ ख १३३४ नम्बरको बसको ठक्करबाट ३५ वर्षीया माया पौडेलको मृत्यु भएको हो ।


ADVERTISEMENT


पैदल हिँडिरहेकी पौडेललाई बसले देवचुली नगरपालिका १७ मा गएराति ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #