काठमाण्डौं-निर्माणाधीन घरको पर्खाल भत्कदा रुपन्देहीको बुटवलमा एक जना भारतीय मजदुरको मृत्यु भएको छ भने पुरिएका तीन जनाको उद्दार गरिएको छ । बुटवल उपमहानगरपालिका-११, मितेरी पथमा घरको पर्खाल भत्किँदा बिहार घर भएका ४५ बर्षीय भिखारी रौनियार महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


घरको अण्डरग्राउण्डमा पर्खाल लगाइरहँदा भत्किर पुरिएका चारजनामध्ये तीन जनालाई स्थानीय र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ । उद्दार गरिएका तीन जनाको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । पर्खाल भत्किएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । उनीहरुको उद्दारका लागि डोजरसमेत प्रयोग गरिएको थियो ।


ADVERTISEMENT

# # #