काठमाण्डौं-इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३–१ ले हराएको छ । यस सिजनकै एक उत्कृष्ट खेलमा आर्सनल जनवरीयता घरमा पराजित भएको यो पहिलो पल्ट हो ।


ADVERTISEMENT


जोसे मोउरिन्होको म्यानचेस्टर खेलको अन्त्यतिर दश खेलाडीमा सीमित रहेको थियो । उसको पउल पोग्बा रातो कार्ड खाँदै मैदान छाडन बाध्य रहे । जितपछि म्यानचेस्टर ३५ अंकसहित दोस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


शनिबार रातिका अरु प्रमुख खेलमा लिभरपुललले ब्राइटनलाई ५–१ ले हरायो । लिभरपुल २९ अंकमा चौथोमा छ भने आर्सनल २८ अंकमा सीमित रहेर पाँचौंमा रह्यो ।

यस्तै एभरटनले हडर्सफिल्डलाई २–०, लेस्टरले बर्नलीलाई १–० र स्टोकले स्वान्सीलाई २–१ ले पराजित गरेको थियो । वाटफोर्ड र टोटनहमले १–१ तथा वेस्ट ब्रुम र क्रिस्टल प्यालेसले ०–० को बराबरी खेले