काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ले फराकिलो अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाख २८ हजार भन्दा धेरै मत गनिसक्दा साहले ४३ हजार ८५० मत पाएका छन्।


ADVERTISEMENT


यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिएकी छन् । १,२८,४८५  मतगणना हुँदा सिर्जनाले २५ हजार ९४४ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितको मत २५ हजार ०५९ मत छ।


ADVERTISEMENT

# # #


यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए ।