काठमाडौं– गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर कार्कीले खटाएको एक प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।
काठमाडौंको सितापाइला क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दीमा संलग्न उनीलगातको योजनामा गौचनको हत्या भएको प्रहरीले बताउँदै आएको छ।


ADVERTISEMENT

# # #


असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीको वानेश्वरमा गोली हानी हत्या भएको थियो ।
यसअघि प्रहरीले यसअघि प्रहरीले हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यस्तै हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेको प्रहरीको निष्कर्ष छ । पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन ।

हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेपनि अझैं अरु ७ जना फरार नै छन् । फरार सूचिमा मनोज पुन, लोप्साङ, गंगा लिङ्देन लिम्बु, श्याम बहादुर गुम्बे, काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।