काठमाडौँ– युएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलपूर्वको अभ्यास खेलमा केन्याले नेपालसामू १ सय ११ रनको चुनौति प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


युएईमा आज भएको खेलमा केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै रन ११० रनमात्र बनाउन सक्यो । केन्याका लागि रसज पटेले २७ रन बनाए । २७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै एलेक्जुमा ओवान्डाले २५, धिरेन गुरदिप सिंहले २२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


आफ्नो दोस्रो तथा अन्तिम अध्यास खेलमा पनि नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बिना नै मैदानमा उत्रिएको नेपालले राम्रो बलिङ गरेपछि केन्या ११० रनमै समेटियो । नेपालका लागि ललित भण्डारीले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडेन ओभर फ्याँक्दै ४६ रन खर्चिए ।

यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा सागर पुन, आरिफ सेखले र करण केसीले समान ११ विकेट हात पारे । यस्तै शक्ति गौचनले ३ मेडेन ओभर फ्याँके । ६ ओभर बलिङ गरेका उनले ८ रन मात्र खर्चिए ।

नेपालले शुक्रबार अमेरिकासंग ५ विकेटले पराजित भएको थियो । अब नेपालले आउँदो बुधबार र शुक्रबार युएईसंग विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेल खेल्ने छ । नेपाल उत्कृष्ट चारमा पर्न नसकेपछि यस अघि नै डिभिजन टु मा झरिसकेको छ भने युएई पनि त्यही अवस्थामा छ ।