काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन् ।


ADVERTISEMENT


८ औं केन्द्रीय समितिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमिक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउदै उनले पार्टी विभाजनअघि केहि नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख गरे । त्यस्तै उनले माओवादी केन्द्रले पनि एकताको कुरा गरिरहेको भन्दै सुध्रिएर आए एकता हुनसक्ने धारणा राखे ।

महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । विप्लवले पुँजीवादको विश्वबाट उन्मूलन, वैज्ञानिक साम्राज्यवादको निर्माण अहिलको आवश्यकता रहेको र नेपालको सत्तालाई पनि जनताको सत्ताको रुपमा बदल्नु आवश्यक रहेको तर्क गरे ।

त्यस्तै उनले सरकारले एमसीसी सम्झौता अनुमोदन गरेपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको बताए । विप्लवले पार्टीलाई एकतावद्ध गर्न १ देखि ८ असोजसम्म नवौँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । महाधिवेशनले पार्टीमा देखिएको सम्पूर्ण भ्रम चिर्ने दावी गरे ।

त्यस्तै नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।