काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


देउवाको आसन्न अमेरिका भ्रमणप्रति असन्तुष्टि जनाउँदै आएको नेकपा माओवादी केन्द्रले सत्ताबाट बाहिरिने संकेत देखाएको बेला देउवाले महन्थलाई भेटेर कुराकानी गरेका हुन् ।


ADVERTISEMENT

# # #


शनिबार दिउँसो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै महन्थ ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । उनीहरुबीच सत्ता साझेदारीबारे कुराकानी भएनभएको खुलाइएको छैन ।

देउवाका सहयोगीहरुले भने महन्थ ठाकुरसँग संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित भएको दावी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोली (आईतबार) बिहान ११ बजे पनि बोलाइएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरी आगामी निर्वाचनको आन्तरिक तयारीको बारेमा छलफल हुने केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले बताए ।