काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धन र त्यसको परिणामबाट आफूहरू ‘बेहद असन्तुष्ट’ रहेको बताएका छन् ।


ADVERTISEMENT


चुनावको समीक्षा गर्न शनिवार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता खनालले पाँच दलीय गठबन्धनमा नेकपा एसमाथि अन्य दलले धोखा दिएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौँ । गठबन्धनको भूमिका पाँच दलका केही दलबाट भएन । यो कुरा हामीले पाँच दलीय बैठकमा पनि राखेका छौँ र अहिले समीक्षा गरिरहेका छौँ ।