काठमाडौ‌ँ– नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको जनाएको छ ।


ADVERTISEMENT


नयाँ सरकार गठनका लागि एमालेसँग सहमति भएपछि मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न एमालेसँग सहमति गरिएको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिऐ ।


ADVERTISEMENT

# # #


यस्तै, प्रवक्ता महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले महत्वपूर्ण मुद्धाहरुमा आम जनतामा रहेको चाँसो र चिन्तालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच आलोपाले सत्ता साझेदारीको समझदारी भएको बताए ।

उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भन्दै इच्छुक अन्य दलहरुलाई सरकारमा सामेल गर्ने उल्लेख गरे । अहिलेसम्मको समीक्षा र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने प्रवक्ता महतले बताए ।

प्रवक्ता महतले सभापति देउवा र एमाले अध्यक्ष ओलीले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेको र भेटमा संविधान संशोधनको विषयलाई लिएर आयोग बनेको भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पारे।