काठमाडौँ – नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ९ सय ९० पीसीआर परीक्षणका क्रममा ७ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।