काठमाडौँ – लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् ।


ADVERTISEMENT


३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने उनले बताए । सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए ।


ADVERTISEMENT

# # #


उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने जानकारी दिए ।

लोकप्रियता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँदै उनले ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गरे ।