जनकपुर – जनकपुरमा एक बालकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ वसविट्टी स्थित दुधमती नदीको छेउमा अन्दाजी ६ वर्षीया बालकको शव फेला परेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT


हत्या गरेर पानी रहेको झाडीमा फालेको अवस्थामा शव सोमबार राति नै फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले जानकारी दिए । शव केही दिन अघि जनकपुबाट बेपत्ता भएका एक बालकको भएको हुन सक्ने प्रहरीको अनुमान छ।


ADVERTISEMENT

# # #


बालकको एकसाता अघि नै कसैले हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने घटानास्थल र शवको प्रकृतिले देखिएको छ। एकसाता अघि सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।

गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। हालसम्म बालक राँकी भेटिएको छैन।गरिबीका रेखामूनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन वितराइरहेका छन्। उनीहरू घुमन्ते रहेको र ठाउँठाउँमा टेन्टमा बस्दै आएका छन्। केही महिनादेखि बालकका आमबुबासहित केहि छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन्।