काठमाडौँ– चन्द्रागिरी नैकापबाट एक बालक पछिल्लो सातादेखि बेपत्ता भएका छन् । ७ दिनअघि बिहानै घरबाट हिडेका समीर कार्की हालसम्म सम्पर्कविहीन भएका हुन् ।


ADVERTISEMENT


साथीभाई, आफन्त तथा छरछिमेका खोजतलास गरेपनि उनको कुनै जानकारी प्राप्त नभएको उनकी आमाले बताइन् । उनका अनुसार, घरबाट निस्कदा समीरले कालो क्याप कालो शर्ट कालो प्यान्ट सेतो जुत्ता लगाएका थिए ।


ADVERTISEMENT

# # #


एक हप्ताअघि देखि बेपत्ता कार्की ।

स्कुल हिमालय स्कुल, गौशालामा कक्षा ९ मा अध्ययनरत कार्की हराएपछि परिवारमा चिन्ता थपिएको छ । निजलाई देखे वा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारको फोन नम्बर ९७४४३७८४७३अथवा  ९७६५५६८७१६ मा सम्पर्क गरिदिन लागि कार्कीले परिवारले आग्रह समेत गरेको छ ।