चितवन – वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ।


ADVERTISEMENT


गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । सवारी साधन र यात्रु बाटोमै रोकिएका थिए।


ADVERTISEMENT

# # #


पहिरो हटाएर सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। उनका अनुसार पानी परिरहेकाले पुनः पहिरो खस्ने सम्भावना रहेको छ ।

मनसुन भित्रिएसँगै नारायणगढ मुग्लिन सडकमा पहिरो खस्न थालेको छ। गत तीन दिनमा चार पटक पहिरो खसेको छ।