काठमाडौं – पाकिस्तानका पूर्व राष्ट्रपति तथा सेनाका तानाशाह जनरल परवेज मुशर्रफको अवस्था निकै नाजुक छ । मुशर्रफ भेन्टिलेटरमा नभएको उनको परिवारले आफ्नो ट्विटर ह्यान्डलमा पोष्ट गरेको छ । उनी विगत ३ सातादेखि अस्पतालमा भर्ना छन् ।


ADVERTISEMENT


उनी यस्तो कठिन अवस्थाबाट गुज्रिरहेका छन् जहाँबाट निको हुने सम्भावना छैन र उनीहरुका सबै अंगहरुले काम गर्न छाड्छन् । परिवारले मानिसहरूलाई उनको जीवन सहज होस् भनेर प्रार्थना गर्न आग्रह गरे।


ADVERTISEMENT

# # #


शुक्रबार पाकिस्तानी मिडियामा परवेज मुशर्रफको मृत्युको खबर आउन थाल्यो। यससँगै धेरै मिडिया च्यानलहरूले यो समाचारलाई अस्वीकार गरेपछि उनको अवस्थालाई लिएर अड्कलबाजी हुन थाल्यो ।

पूर्व सूचना मन्त्री फवाद चौधरीले मुशर्रफका छोरासँग कुरा गरेको र मुशर्रफ भेन्टिलेटरमा रहेको पुष्टि गरेका छन् । यसपछि परिवारले अगाडि आएर उनको अवस्थाबारे जानकारी दिएको छ ।

परवेज मुशर्रफलाई तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सन् १९९८ मा सेनामा फोर स्टार पदमा बढुवा गरेका थिए । त्यसपछि मुसर्रफ सेना प्रमुख बने । सेना प्रमुखका रूपमा मुसर्रफले सन् १९९९ मा सत्तापलट गरेका थिए । सन् २००१ देखि २००८ सम्म पाकिस्तानको दशौं राष्ट्रपतिको रूपमा शासन गरे।

उनलाई पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या र मस्जिदका धर्मगुरुको हत्यामा फरार घोषित गरिएको थियो । सन् २००७ मा उनले पाकिस्तानी संविधान निलम्बन गरेपछि उनीमाथि देशद्रोहको मुद्दा चलाइएको थियो । मुसर्रफ सन् २०१६ मा उपचारका लागि दुबई गएका थिए र त्यसयता त्यहीँ छन् ।