काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन निरन्तर जाने बताएका छन् । भक्तपुरको चुनदेवीमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको दशौं वार्षिक स्मृति सभा तथा छात्रवृत्ति एवम् प्रमाण वितरण समारोहमा  सभापति बानियाँले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


साथै उनले वृहत् शान्ति सम्झौताको जगमा अहिले काँग्रेसको नेतृत्वमा गठबन्धन बनेको कारण यो दिगो र मजबुत हुने उनले बताए  । बागमती प्रदेशका काँग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले भने, ‘गठबन्धन कायम रहन्छ । संविधान, व्यवस्था र लोकतन्त्रका लागि गठबन्धन आवश्यक रहेको छ । यस्तै उनले संघीयतालाई बलियो बनाएर जानुको विकल्प नभएको बताए । उनले भने, ‘संघीयता भनेको पहिचान हो । संघीयता समावेशीताको मानक बनेको छ ।’


ADVERTISEMENT

# # #


संघीयताबाट राज्य संचालनको अनुभव र नेतृत्वको विकास हुने बानियाँको भनाई छ । संघीयताले नै भारतमा नरेन्द्र मोदी उदाएर प्रदेश हुँदै सिंगो देशको नेतृत्व गर्न सफल भएको उनले बताए । प्रदेशका मुख्यमन्त्रीले क्षमता प्रदर्शन गर्न सके भोलि मुलुकको नेतृत्व गर्न सफल र सक्षम हुने भन्दै बानियाँले संघीयताको विकल्प नभएको बताए ।

यस्तै बानियाँले राधेश्याम जोन्छेको आगामी वर्षमा सालिक निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । यसका लागि आफूले मुख्यमन्त्री र मन्त्रीसँग रकम विनियोजनका लागि कुरा गरेको उनले बताए ।