डडेल्धुरा – डडेल्धुरामा दुई जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका ५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो ।


ADVERTISEMENT


आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


ADVERTISEMENT

# # #


दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।