काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता ओली सरकारको पालामा भएको तथ्य पुष्टि गर्न चुनौती दिएका छन् ।


ADVERTISEMENT


ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै एसपीपी सम्झौतासम्बन्धि गठबन्धनका नेताहरुले एमालेमाथि लगाइएका आरोपहरु प्रमाणित गर्न चुनौती दिएका हुन् ।


ADVERTISEMENT

# # #


बिहीबार पेरिसडाँडामा आयोजित एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेका थिए । सोहि आरोपको खण्डन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘म केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री थिएँ । यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसदसमक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौं ।’ आरोप प्रमाणित नभएको खण्डमा गैरजिम्मेवार ढंगले बोलेकोप्रति प्रचण्डले क्षमा माग्नुपर्ने उनको भनाई छ ।

यस्तै, एसपीपीबारे तत्कालीन कांग्रेस नेतृत्वका सरकारहरूले सकारात्मक प्रतिक्रिया अमेरिकालाई दिएको तर अहिले विवादमा आएपछि एमालेको टाउकोमा हाल्ने प्रयास भइरहेको उनको आरोप छ ।