काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ल्यान्डफिल साइट सिसडोलमा रङ्गशाला र पार्क बनाउन चाहेको बताएका छन् ।


ADVERTISEMENT


आज बिहान एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले यस्तो योजना राखेका हुन् । छलफलमा मेयर बालेले भने, “हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौं भन्दा १२ किलोमिटर मात्र टाढा छ अहिले को फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ ।”


ADVERTISEMENT

# # #


नेम्बाङले पनि नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रम सञ्चालनमा सहकार्य गर्न तयार छौँ। सुशासन, आर्थिक पारदर्शीता, विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौँ,’ ।