काठमाडौँ– नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । निगमका कर्मचारीले नै पटक–पटक उनको राजीनामा माग गर्दै आएका कारण अधिकारीलार्ई निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।


ADVERTISEMENT


अधिकारीमाथि हालसम्म निगममा कुनै पनि उपलब्धिमूलक काम गर्न नसकेको र उल्टै निगमलाई हानी पुर्‍याएको, न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाइ गरेको, निजी वायुसेवालाई ट्विनअटर चार्टरका लागि दिएको, टर्कीको एक कम्पनीलाई पिएसएस ठेक्का अपारदर्शी ढंगले सुम्पेको, निगम कर्मचारीमाथि दूर्व्यवहार गरेको एवम् निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली लगेकोलगायतका थुप्रै आरोपहरु छन् ।


ADVERTISEMENT

# # #


उनीविरुद्व यसअघि गत वैशाखमा कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल वायु सेवा निगमका तीनवटै संयुक्त ट्रेड युनियनमा आवद्ध कर्मचारीहरूले कार्यकारी अध्यक्ष अधिकारीको राजीनामा माग गरेका थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जेठ २५ गते अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष अधिकारीलाई निलम्बन गर्न मन्त्रिपरिषदमा दर्ता गराएको थियो।