काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोग राष्ट्रिय हित विपरित हुन नहुने बताएका छन् । मंगलबार मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


यसबारे आफूहरु स्पष्ट रहेको बताउँदै उनले भने ‘हामी संसारका सबै मुलुकबाट सहयोग लिन चाहान्छौ । तर त्यो सहायताका शर्त हाम्रो राष्ट्रिय हित विपरीत हुनु हुँदैन भन्ने पक्षमा हामी प्रस्ट छौँ ।’


ADVERTISEMENT

# # #


कार्यक्रममा उनले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने धारणा समेत व्यक्त गरेका छन् । मन्त्री ज्ञवालीले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरुले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनको आरोप छ ।

त्यस्तै, नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने उनले प्रस्ट पारे । ‘उहाँहरुको पोलिटिकल सिस्टममा कहीँ सहमत हुन सकिँदैन तर राष्ट्रिय हितका पक्षमा धेरै कुरामा सहमत हुन र सिक्न सकिन्छ,’ उनले भने ।