काठमाडौं-चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT


इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया