एजेन्सी– क्यानेडाली एक फोटोग्राफर फ्रान्कोइस ब्रुनेल यतिबेला आफ्नो सोखका कारण चर्चामा छन् । उनी दुरुस्तै देखिने तर एक आपसमा कुनै सम्बन्ध नभएका व्यक्तिहरु खोजेर उनीहरुको युगल तस्बीर कैद गर्छन् ।


ADVERTISEMENT


सुन्दा अचम्म लाग्ला तर, यो साँचो हो । हालसम्ममा आफुले त्यस्ता करिब २ सय जोडीको तस्विर खिचेको फ्रान्कोइस बताउँछन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, फोटोग्राफीका लागि उनी सर्वप्रथम आफ्ना मोडेलहरू चयन गर्छन् र विश्व भ्रमणमा निस्कन्छन् । र, सोहि आकृतिका फरक–फरक व्यक्तिहरु फेला पारेपछि दुई पूर्ण अपरिचितहरूलाई फोटोसुटमा निम्तो दिन्छन् ।

‘मैले मेरो पहिलो जोडी चिनेकाहरू मार्फत भेट्टाएँ। र मिडियाले मेरो परियोजनाको बारेमा कुरा गरेपछि, धेरै भन्दा धेरै मानिसहरू यसमा भाग लिन तयार भए’, उनले भने ।