काठमाडौँ– गोरखा २ मा प्रतिनिधि सभाको सदस्यको प्रारम्भिक मत परिणममा नयाँ शक्तिका उम्मेदवार डा बाबुराम भट्टराई अगाडी देखिएका छन् ।


ADVERTISEMENT


उनी वाम गठबन्धनका उम्मेदवार नारायण काजी श्रेष्ठभन्दा अग्र स्थान रहेका छन् । भट्टराई ४२ मतले अगाडी छन् । उनले ६३ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएका नारायणकाजीले २१ मत प्राप्त गरेका छन् ।

नयाँ शक्तिले गोरखामा नेपाली कांग्रेससंग तालमेल गरेको थियो ।