काठमाण्डौं-प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ ।


ADVERTISEMENT


पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्बेले ४ हजार ३ सय २२ मत मतका साथ पछ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #


जम्मा १० हजार ४ सय ६० मत गणना भएकोमा ८ सय ७६ मत बदर भएको छ । मंसिर १० मा भएको निर्वाचन अन्तर्गत पाँचथरमा जम्मा ७७ हजार ६ सय ८२ मत खसेको थियो ।