काठमाडौँ – नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ३ सय ६० पीसीआर परिक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार १ सय ७७ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।