काठमाण्डौं-एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् । बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गर्दै विजयी भएका हुन् ।


ADVERTISEMENT


बुढाले ११ हजार ७६१ मत ल्याए भने कांग्रेसका अंगत बुढाले तीन हजार १६७ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यहाँ नेकपा मालेका हर्कबहादुर ठकुल्लाले २९९ र राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले २२ मत ल्याएका छन् । डोल्पाको प्रदेश क’ मा एमालेका उम्मेदवार विजय भइसकेका छन् भने ‘ख’ मा पनि माओवादीका उम्मेदवार दोब्बरमतले अगाडि छन् ।